पब्लिक सूचना
नारायणगढ, माघ २७ गते। बस पल्टिएर २५ जना यात्रु घाइते भएको दुई घण्टा नहुँदै चितवनमा पुनः मिनी ट्रक दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आइतबार बिहान ६:३० बजे मिनी ट्रक अनियन्त्रित भएर सडकमा पल्टिएको हो।
इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक पल्टिएको हो।
ट्रकमा रहेका १४३ वटा खसी र बोका मध्ये १९ वटा च्यापिएर मरेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो। दुर्घटनामा मानवीय क्षति भएको छैन।
आइतबार बिहानै नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा भएको बस दुर्घटनाका २५ घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अस्पतालका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend