logo
  • आइतबार, असोज १८ २०८३

नेपालले टस जित्यो


  • पब्लिक सूचना
  • बुधबार, माघ २३ २०८१

नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् ।

दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो ।

यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने तेस्रो जितको खोजीमा छ । नेपाल सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्ससँग समान २ पटक पराजित भएको छ ।

नेदरल्याण्डले नेपालसँगका दुवै खेल जित्दा थाइल्याण्डसँगको दुवै खेलमा पराजित भएको छ ।

नेपालको प्लेईङ-११

इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend