पब्लिक सूचना
घोराही, माघ २० गते । प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीमा भएको प्रेस चौतारी दाङ शाखाको १० औँ अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुनमगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपाली चयन हुनुभएको छ ।
अधिवेशनले सदस्यमा महेश बस्नेत, सुशील परियार, चेतन ओली, दीपक ओली, रामप्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अभिषेक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशाकुमारी चौधरी, दीपक चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली र राजकुमार विश्वकर्मालाई चयन गरेको छ ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सबिन प्रियासनको प्रमुख अतिथ्यमा अधिवेशन भएको थियो । अधिवेशनका अवसरमा प्रेस चौतारी प्रतिभा पुरस्कारबाट पत्रकार दीपक जीएम र प्रेमकुमारी बुढालाई सम्मान गरिएको छ । त्यसैगरी अग्रज पत्रकार भुवन देवकोटालाई अविराम पत्रकारिता सम्मान गरिएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend