logo
  • शनिबार, असोज १७ २०८३

हुम्लाको खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । निर्माण भएको चार वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेर वितरण गरेको हो ।

आयोजना निर्माण समितिका अध्यक्ष टेकबहादुर बुढाले सबै काम सम्पन्न भएपछि लघु जलविद्युत् आयोजनाद्वारा  २७ किलोवाट विद्युत् उत्पादन भएर उपभोक्तालाई वितरण सुरु गरिएको बताउनुभयो । विद्युत् उपभोग गर्न पाएपछि रायागाउँ झिलिमिली भएको छ । यसबाट २८८ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनाका लागि स्रोतको व्यवस्था गर्न समय लागेको कारण निर्माण कार्यमा ढिलो भएको उहाँले बताउनुभयो । उत्पादित विद्युत् सबै खपत हुनेगरेको छ । गत वर्षबाटै उत्पादन सुरु भएको भए पनि आयोजनाको हेड कम भएको कारण आठ किलोवाट मात्र उत्पादन भएका कारण विद्युत् उत्पादन बन्द गरिएको थियो ।

अहिले १७५ मिटर हेड बढाएपछि विद्युत उत्पादन वृद्धि भएको उहाँको भनाइ छ । कुल ९१ लखतमा यो आयोजना निर्माण भएको हो । त्यसमा कर्णाली प्रदेश सभाका सदस्यको पूर्वाधार विकास कार्यक्रमबाट पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पचास लाख र बाँकी वैकल्पिक ऊर्जाले लगानी गरेको छ । विद्युत् उत्पादन सुरु भएपछि उद्योग सञ्चालनको बाटो समेत खुलेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend