logo
  • शनिबार, असोज १७ २०८३

सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

 पृथ्वीराजमार्गको दमौली–पोखरा खण्ड अबरुद्ध भएको छ । हिजो  साँझ ६ बजे म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको हो ।

करीब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीसमेतको बिपद् व्यवस्थापन प्रहरी टोली, ईलाका प्रहरी, कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षकसमेतको प्रहरी टोली खटिई गएको छ ।

राजमार्ग सडक खुलाउनका लागि चाईनिज कन्ट्रक्सन, स्थानीय पालिका तथा अन्य मानिससमेतको सहकार्यमा उक्त पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागि बैकल्पिक बाटो दमौली भोर्लेटार चोकबाट कलेस्ती पोल्याङ हुँदै कास्कीको लागि डाईभर्सन गरिएको प्रनाउ खाँडले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend