logo
  • शनिबार, असोज १७ २०८३

चिसो बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द


  • पब्लिक सूचना
  • आइतबार, माघ १३ २०८१

नेपालगन्ज, माघ १३ गते । बाँकेमा चिसो अत्याधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका उपसचिव राम बहादुर हमालले दिनुभएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरुमा जाडो बिदा दिइएको हो ।

यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरी प्रभावित भएको जानकारी आएकोले यस पटक नगरकासबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाउनुभयो।

यसैगरि, नेपालगन्ज उपमहानगर र खजुरा गाउँपालिकामा पनि चिसो बढेपछि विद्यालयहरु तीन दिनका लागि बन्द गरिएका थिए । आइतबारबाट नेपालगन्ज र खजुराका विद्यालयलाई भने सुचारु गरिएको छ । पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा हिउँ परेकोले केही दिनयता यहाँ चिसो अत्यधिक बढ्न जाँदा साना साना बालबालिकालाई विद्यालय पठाउन समस्या भएको थियो ।

बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिद्यालयमा बिदा दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ । चिसो अत्यधिक बढ्दा केही दिनयता यहाँका सबै पालिकाको जनजीवन अतिनै कष्टकर बन्दै गएको छ । चिसोकै कारण बिरामी पर्नेहरु पनि बढ्दै गएको अस्पतालहरुबाट जानकारी प्राप्त भएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend