logo
  • आइतबार, असोज १८ २०८३

वडास्तरीय भविलबलको उपाधी नवदुर्गा युवा क्लब जुकियालाई


  • पब्लिक सूचना
  • आइतबार, माघ १३ २०८१

पाल्पा, माघ १३ गते । तानसेन नगरपालिका ११ को आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगितामा नवदुर्गा युवा क्लब जुकिया प्रथम भएको छ । यस्तै, वडास्तरीय भलिबल प्रतियोगितामा मिलन फ्रेन्डस युवा क्लब तिलाहार दोस्रो र चण्डिका युवा क्लव जुकिया तेस्रो भएको छ ।

विजयी क्लबहरुलाई क्रमश १५ हजार, ८ हजार, ४ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको छ । वडा कार्यालको नीति तथा योजना अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खलकुद भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै प्रतियोगिता आयोजना गरेको वडाका अध्यक्ष तथा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो । खेलका माध्यमले आपसी भाइचाराको सम्बन्ध स्थापीत गर्न सकिने, स्वस्थ जीवनयापन गर्न सहयोग पुराउने, मनोरञ्जनात्क कलाले समाज र टोलको पहिचान समेत झल्काउन सकिने कार्कीले बताउनुभयो ।

कार्कीले भन्नुभयो, “खेलाडीका लागि आवश्यक खेल साम्रगी तथा भनेजस्तो खेलमैदान निर्माण गर्न सकिरहेका छैनौं आगामी दिनमा यो विषयलाई पनि प्राथमिकतामा राखेर अगााडी बढ्नेछौं खेलाडिका जोस र इच्छा शक्ति देख्दा गर्वले छाती चौडा भएको छ गाउँको दुरदराजमा बसेर यति राम्रो खेल खेलेको देख्दा साच्चिकै आज खुसि लागेको छ ।”

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका निमित्त प्रमूख कोशलराज घिमिरेले गाउँका खेलाडि भनेर हेर्ने हेयको दृष्टिकोण परिवर्तन गरिनुपर्ने बताउनुभयो । खेल खेल्ने प्रयाप्त समय नहुँदा र गुणस्तरीय खेल मैदान नभएके अवस्थामा समेत यति राम्रो खेल खेल्न सक्ने खेलाडिलाई नगर सरकार र स्थानीय सरकारले सहयोग पुराउन आवश्यकीय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय स्तरमा उत्पादन गरेका खेलाडी नै राष्ट्रका दरिला खम्बा भएका कारण स्थानीय खेलाडी संरक्षण गर्न सबै लाग्नुपर्ने घिमिरेको भनाइ छ । प्रतियोगितामा ७ टीमको सहभागिता रहेको थियो । जसमा विशाल नेपाली उत्कृष्ट खेलाडी बन्नुभएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend