logo
  • आइतबार, असोज १८ २०८३

तीन साहित्यकार सम्मानित


  • पब्लिक सूचना
  • आइतबार, माघ १३ २०८१

स्याङ्जा, माघ १३ गते । ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले द्रष्टा तथा स्रष्टाहरूलाई सम्मान र ‘ज्याग्दीखोलाको तरङ्ग’ पूर्णाङ्क– ३७ को लोकार्पण गरेको छ । यहाँ प्राडा जगदीशचन्द्र भण्डारीलाई ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ ०८१ प्रदान गरिएको छ ।

‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’का अध्यक्ष देवेन्द्र लम्सालले आफ्ना मातापिताका नाममा २०७५ सालमा स्थापित यो पुरस्कारले विगत पाँच दशकदेखि निरन्तर साधनारत स्रष्टा भण्डारीलाई १५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो ।

यस्तै साहित्य, सङ्गीत तथा कलामा साधना गरी विशिष्ट योगदान गर्नुभएका बाग्लुङका साहित्यकार काजी रोशनलाई ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ ०८१ ले दश हजार नगदसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

पोखरामा रहेर दर्शन एवम् संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आउनुभएका लेखक रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८१ अर्पण गरिएको थियो । कार्यक्रमका ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष हीरामणि दुःखी र विशिष्ट अतिथि ‘आनन्द आश्रम ज्ञान केन्द्र’, स्याङ्जाका संरक्षक त्रिलोचन ढकालले पुरस्कार तथा सम्मान प्राप्त गर्ने प्रतिभाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा ज्याग्दीखोलाको तरङ्ग पूर्णाङ्क– ३७ मा सङ्कलित रचनाहरूमाथि समीक्षक लोकबहादुर थापामगरले टिप्पणी गर्नुभएको तरङ्गका कार्यकारी सम्पादक प्राज्ञ नारायण मरासिनीले बताउनुभयो । तीन वटै पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न बनेको समितिले छनाेट गरेको संयोजक प्राज्ञ नारायण मरासिनीले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend