logo
  • शनिबार, असोज १७ २०८३

पोखरीमा पुरुषको शव फेला


  • पब्लिक सूचना
  • बुधबार, माघ ९ २०८१

ढल्केबर, माघ ९ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले पोखरिमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाउने प्रहरीे जनाएको छ

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend