logo
  • शनिबार, असोज १७ २०८३

सुनचाँदीको मूल्य घट्यो


  • पब्लिक सूचना
  • आइतबार, माघ ६ २०८१

काठमाडौँ,  माघ ६ गते ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु. आठ सय र चाँदी प्रतितोला रु.३० घटेको हो ।

गत शुक्रबार प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु. एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रु. एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend