logo
  • आइतबार, असोज १८ २०८३

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ


  • पब्लिक सूचना
  • बुधबार, माघ २ २०८१

काठमाडौ, माघ २ गते । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ पर्नुभएको छ । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

पक्राउ वारेन्ट जारी भएपछि बुधबार बिहानै निलम्बित राष्ट्रपति युन लाई सउलस्थित निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ ।

यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले यून सुकलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।

योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गर्नुभएको थियो । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिनुभएको थियो । यससँगै योन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।

बिबिसीका अनुसार पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड देखिएको थियो । साथै प्रहरीले समेत एक हजारभन्दा बढी अधिकारीहरू तैनाथ गरेको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend