logo
  • आइतबार, असोज १८ २०८३

कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस


  • पब्लिक सूचना
  • आइतबार, पुष २८ २०८१

विराटनगर, पुस २८ गते । कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशसभाको माघ ७ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रदेशसभाको बजेट अधिवेशन असोज पहिलो साता अन्त्य भएपछि चार महिना संसदीय गतिविधि करिब ठप्पजस्तै रहेको थियो । यद्यपि यसबिचमा प्रदेशसभा अन्तर्गतका समितिहरुको केही बैठक बसेका थिए ।

आउँदो अधिवेशनमा छलफलका लागि सरकारले केही नयाँ विधेयक सभामा लैजाने तयारी गरेको छ । केही ऐनहरु संशोधन प्रक्रिया अगाडि बढाउने जनाएको छ । प्रदेशसभाको बैठक लामो समयसम्म सञ्चालन नहुँदा असोज महिनामा गएको बाढीपहिरो, राहात, उद्धार तथा अन्य जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गर्न नसकेको भन्दै केही समयअघि विपक्षी दलहरुले प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend