logo
  • आइतबार, असोज १८ २०८३

संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)


  • पब्लिक सूचना
  • बुधबार, असार २० २०८०

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

11688520351.JPG

आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

21688520582.JPG

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend