पब्लिक सूचना
पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए ।
चोरी निकासी व्यापक रुपमा भैरहेको स्वीकार गर्दै सुस्ता गाउपालिका अध्यक्ष टेक नाराणय उपाध्यायले दैनिकी चोरी निकासि भएको प्रहरीले देखीरहेको छ । उहा भन्नुहुन्छ –“प्रहरीले चोरी निकासी रोक्न कुनै पनि कदम चालेको नदेखे पछि मैले चोरी निकासी रोक्न सहयोग गरिदिनको लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई पत्रचार गर्दा पनि गरे ।”

सुस्ता गाउँपालिकाको वार्ड न ३,४ र ५ को विभिन्न स्थानबाट नदि दोहनकर्ताहरुले अहिले दिनको समयमा मेसिनरी उपकरण अर्थात जेसिबी प्रयोग गरि दिनभरी गिट्टी, बालुवा, ढुङ्गा र मिस्कट हजारौं ट्राली चोरी गरिरहेको छ।
स्थानीयबासीहरुले आफ्नो घरायसी कार्यमा प्रयोग गर्नका लागि नारायणी नदीबाट नदिजन्य पदार्थ निकासी गर्दा प्रहरीले छोपेर पालिकामा गाडी बुझाउने तर यतिखेर दिन रात गरि त्यही नारायणी नदीबाट अवैध रूपमा गिट्टी बालुवा,ढुङ्गा र मिस्कट निकासी भइरहदा प्रहरी प्रशासन मौन रहनु भनेको नदि दोहनकर्ताहरुले जिल्लाका निकायसम्म सेटिङ्ग गरेर नदिजन्य उत्खनन गरेको स्थानीयबासीहरुको आरोप छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend