logo
  • शनिबार, असोज १७ २०८३

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र मः मः पसल ध्वस्त


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर ६ २०८१

काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए ।

यसैगरी, आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल ध्वस्त भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’मा पनि आगोले क्षति गरेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend