पब्लिक सूचना
काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द, चेतन चुडालको संगीत, चन्दन शाहको एरेञ्ज गीतमा छ ।
गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । बालकलाकारमा फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।
भिडियोका निर्देन सङ्केत अगस्तिले गरेका हुन् । मुकेश हुँमागाईं र टिमको छायांकन र मीन रावलको कलर एवं सम्पादन भिडियोमा छ । गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend