logo
  • आइतबार, असोज १८ २०८३

जापान जाँदै परराष्ट्र मन्त्री राणा, उतैबाट चीन जाने


  • पब्लिक सूचना
  • बुधबार, मंसिर ५ २०८१

परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने भएकी छन्। स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जान लागेकी हुन्।

स्रोतका अनुसार परराष्ट्र मन्त्री राणा म‌ंसिर १० गते जापान जानेछिन्। त्यसको भोलिपल्ट जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ। परराष्ट्र मन्त्री राणा जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन्। मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी नै छ।

  • #परराष्ट्र मन्त्री
  • #आरजु राणा देउवा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend