logo
  • आइतबार, असोज १८ २०८३

‘द साबरमति रिपोर्ट’ बक्स अफिसमा सफल, चार दिनमा ७.५ करोड भारु कमाई


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर ४ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता विक्रान्त मैसीको फिल्म ‘द साबरमति रिपोर्ट’ लगातार चर्चामा छ । शुक्रबार सीमित स्क्रिनमा रिलिज भएको यो फिल्मले पहिलो दिनदेखि नै जनताको मन जितिरहेको छ । फिल्मको ट्रेलर आएपछि यसबारे केही विवाद पनि भएको थियो । मैसीका केही टिप्पणीपछि उनी आलोचकको निशानामा परेका थिए ।

द साबरमती रिपोर्ट का शानदार मोशन पोस्टर जारी, जानें कब रिलीज होगा फिल्म का  ट्रेलर- Navbharat Live (नवभारत) - Hindi News | the sabarmati report  spectacular motion poster released

तर हलमा यी कुराको कुनै असर देखिएन । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि यो फिल्मको तारिफ गरेका थिए । शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन १ करोड १४ लाख भारुको ओपनिङ्ग कलेक्सन गरेको थियो । दोस्रो दिनदेखि फिल्मको कमाइ बढेको देखिन्छ । दोस्रो दिनमा आइपुग्दा फिल्मको कमाई ६ करोड ७१ लाख भारु पुग्यो । फिल्मको रिभ्यू त्यति धेरै सकारात्मक छैन ।

आज सिनेमाघरों में दस्तक दे रही है 'द साबरमती रिपोर्ट' : सच्ची घटना पर है  आधारित | The Sabarmati Report Is Hitting The Theaters Today Based On A True  Incident - Samachar4media

फिल्मका मुख्य पात्र मैसी पनि यसमा ‘१२वीं फेल’मा जत्तिको दमदार देखिएका छैनन् । फिल्मले सोमबार १ करोड २५ लाख भारु कमाएको छ । योसँगै ४ दिनको कमाई ७ करोड ५० लाख भारुमाथि उक्लिएको छ । सोमबार फिल्मको कलेक्सन पहिलो दिनकै स्तरमा थियो । ६ सय वटा स्क्रिनमा मात्रै रिलिज गरिएको फिल्मको मेकरका लागि यो ठूलो खबर हो । मंगलबार फिल्मको प्रदर्शन कस्तो रहन्छ यो भने हेर्न बाँकी नै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend