logo
  • शनिबार, असोज १७ २०८३

तीन महिनामा भित्रियो चार खर्ब रेमिटेन्स


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर ४ २०८१

चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८०–८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रिएको थियो। यो तीन महिनामा एक अर्ब ५४ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.८५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा भने एक लाख ६२ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष स्वीकृति लिनेको संख्या एक लाख ७० हजार बढी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend