पब्लिक सूचना
Kathmandu Gurkhas Talent Hunt:
Players participating in talent hunt of Kathmandu Gurkhas during final talent hunt session at One Day Cricket Academy, Kageshwori, Manohara in Kathmandu on Saturday 16-11-2024.
(Photo by Udipt Singh Chhetry/USC Images)
काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका थिए ।

सोही अवसरमा काठमाडौं गुर्खाजको प्रमुख प्रायोजकमा बिवाडी मोटरलाई प्रस्तुत गरिएको थियो । बिवाइडी नेपालका प्रमुख अनिल श्रेष्ठ र यमुना श्रेष्ठलाई कार्यक्रममा काठमाडौं गुर्खाजका प्रवर्द्धकहरुले स्वागत गरेका थिए । एनपिएलमा काठमानडौं गुर्खाजले आफ्नो जर्सीमा बिवाईडीको लोगो लगाएर खेल्नेछ ।
करणले काठमाडौं गुर्खाजबाट मार्की खेलाडीका रूपमा नयाँ अध्याय सुरु गर्न आफु तयार रहेको बताए । उनले एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) र सचिव पारस खड्कालाई धन्यवाद दिए।
कप्तान इन्दु क्रिकेट एम्बेसडर
राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त भएकी छिन् । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।
‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने छ । एनपिएलले गरेर समग्र नेपाली क्रिकेट नै उत्साहित छौं,” इन्दुले सो अवसरमा भनिन् “अहिलेको स्थितिमा नेपाली महिला/ पुरुष क्रिकेटको क्रेज बढेको छ । हामीलाई भविष्यमा महिलाको पनि फ्रान्चाइज लिग हुने पनि आशा छ।’

क्यानका सचिव पारस खड्काले एनपिएलमार्फत विश्व सामू नेपाली खेलाडी र प्रशिक्षकले आफ्नो क्षमता देखाउने अवसर आएको बताए । नेपाली क्रिकेटलाई विश्वसामू पुर्याउने क्यानको अभियानमा साथ दिने फ्रेन्चाइजीहरुलाई खड्काले धन्यवाद दिए ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका अध्यक्ष उपेन्द्र महतोले एनपिएलका कारण उत्साह बढेको जनाउँदै यसमा सहभागी हुन सबैलाई आह्वान गरे ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरका प्रवर्द्धक कैलाश सिरोहिया एनपिएलको माहोल सोचे भन्दा उत्साहजनक पाएको बताए ।

टोलीका अर्को प्रवर्द्धक अरुण सरार्फले काठमाडौं गुर्खाजमार्फत एनपिएलले ठूलो फड्को मार्ने आशा लिएको बताए । सो अवसरमा टोलीका खेलाडीलाई काठमाडौंले औपचारिक रुपमा पहिलो पटक सार्वजनिक गरेको थियो।
काठमाडौं गुर्खाजले अक्सनबाट शाहव आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो।
विदेशी खेलाडीका रूपमा यसअघि नै नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।

ट्यालेन्ट हन्टबाट क्रिस कार्कीलाई आइकोनिक खेलाडीका रूपमा टोलीमा आबद्ध भइसकेका छन्। टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन्।
क्यानको आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म ८ टोलीको सहभागितामा एनपिएल हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend