पब्लिक सूचना
काठमाडौँ–तराई द्रुतमार्गको निर्माणाधीन सुरुङ मार्ग
हेटौंडा, ११ कात्तिकः काठमाडौँ–तराई द्रुतमार्गको मकवानपुरस्थित प्याकेज नम्बर दुई अन्तर्गत धेद्रे सुरुङ मार्ग । तस्बिरः अञ्जली थापा÷रासस
काठमाडौँ–तराई द्रुतमार्गको निर्माणाधीन सुरुङ मार्ग
हेटौंडा, ११ कात्तिकः काठमाडौँ–तराई द्रुतमार्गको मकवानपुरस्थित प्याकेज नम्बर दुई अन्तर्गत धेद्रे सुरुङ मार्ग । तस्बिरः अञ्जली थापा÷रासस
नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।
सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रुपमा बन्द हुन जनाएको छ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ। रासस
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend