logo
  • आइतबार, असोज १८ २०८३

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक


  • पब्लिक सूचना
  • मंगलबार, असार १९ २०८०

सत्ता गठबन्धनमा सहभागी प्रमुख दलको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  कांग्रेस उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेता हुनुहुन्छ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल श्रीलंका भ्रमणमा रहनुभएकाले बैठकमा सहभागी हुनुहुन्न।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समसामयिक विषयमा छलफलका लागि सत्ता गठबन्धन दलका नेतालाई बालुवाटार बोलाइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend