logo
  • आइतबार, असोज १८ २०८३

पोखरामा आज पनि एमालेको प्रदर्शन, विशेष नगरसभा माग


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक २८ २०८१

पोखरा । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज पनि पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि आन्दोलित छ ।

बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।

‘बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ,’ उनले भनिन् । नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ ।

यहाँका मेयर धनराज आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । विशेष नगरसभा बोलाउन २५ प्रतिशतको समर्थन चाहिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend