logo
  • शनिबार, असोज १७ २०८३

काजल कर्ण र राजीव समरको प्रेमकथा समेट्दै नयाँ मैथिली गीत ‘माने ना जिया’


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक १० २०८१

रौतहट: त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ । गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ।

काजल कर्ण र राजीव समरको जोडीलाइ भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष, प्रेमलाइ देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुल पाथी बेचनेको चरित्रमा देखिएकि काजल संग चेक सर्ट माथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ ।

राजीव अहिले नेपाली म्युजिक भिडियोको डिमाण्डमा रहेका कोरियोग्राफर हुन्, अहिले सार्वजनिक हुने अधिकांस म्युजिक भिडियोमा उनलेनै मोडेल, हिरो हिरोइनलाइ नचाउने गरेका छन् । समरले ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफि गरेका छन् भने, केहि म्युजिक भिडियोहरु निर्देशन गरेका छन । रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफि गरिसकेका छन । समरले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो ।
त्यस्तै काजल पनि मोफोसलमा रहेर दुइ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी , सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ ।

गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सह-निर्माताको रुपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्युजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।

भिडियो लिंक;-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend