logo
  • शनिबार, असोज १७ २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ५ २०८१

काठमाडौँ,  कात्तिक ५ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला रु. एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु. २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु. दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend