logo
  • शनिबार, असोज १७ २०८३

आजको बजारमा एक तोला किन्न कति रकम चाहिन्छ?


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक २ २०८१

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि हिजो अर्थात् बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६४ हजार चार सय रूपैयाँ पुगेको छ।  यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार रूपैयाँ बढी हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend