logo
  • शनिबार, असोज १७ २०८३

अभ्यास खेलमा नेपाल विजयी


  • पब्लिक सूचना
  • बुधबार, असोज ३० २०८१

काठमाडौँ, असोज २३ गते । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ । चौथो अभ्यास खेलमा बुधबार बिहान नेपालले एचपीलाई दुई विकेटले हराएको हो ।

जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९ रन बनाउनुभयो । यस्तै आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । एचपीका लागि ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाउनुभयो ।

बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिनुभयो । करण केसी र सागर ढकालले दुई दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो । नेपाल क्यानडाबाटै लिग–२ सिरिज खेल्न अमेरिका जानेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend