पब्लिक सूचना
एक मिनेट ११ सेकेन्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई देखाइएको छ। फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङलगायत कलाकारको अभिनय छ।

फिल्ममा कोविदशरण उपाध्यायको परि कल्पना, लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ।
यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो।
यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend