logo
  • शनिबार, असोज १७ २०८३

‘सिंघम अगेन’ का लागि कुन कलाकारले कति लिए पारिश्रमिक?


  • पब्लिक सूचना
  • मंगलबार, असोज २२ २०८१

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘सिंघम अगेन’ को ट्रेलर सार्वजनिक भइसकेको छ।

एक्सन फिल्मको ट्रेलरलाई दर्शकले रूचाइरहेका छन्। फिल्ममा कलाकारको अभिनयले दर्शकको ध्यान खिचेको छ। दिवालीमा रिलिज हुने फिल्मका लागि कलाकारले महँगो पारिश्रमिक लिएका छन्।

Rohit Shetty's 'Singham Again' to be shot in Kashmir's picturesque destinations - greaterkashmir

अजय देवगन
फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन्। उनले फिल्मको लागि ३५ करोड भारू पारिश्रमिक लिएका छन्। उनी यस फिल्मका निर्माता समेत हुन्।

करीना कपूर खान
फिल्मको लागि करीना कपूरले १० करोड पारिश्रमिक लिएकी छन्। फिल्ममा उनले बाजीराव सिंघमकी पत्नीको भूमिका निर्वाह गरेकी छन्।

अर्जुन कपूर 
फिल्ममा अर्जुन कपूरले भिलेनको भूमिका निर्वाह गरेका छन्। उनले फिल्मका लागि ६ करोड भारू पारिश्रमिक लिएका छन्।

दीपिका पादुकोण
फिल्ममा दीपिका पादुकोणले पुलिस अफिसरको भूमिका निर्वाह गरेकी छन्। उनले फिल्मका लागि ६ करोड भारू पारिश्रमिक लिएकी छन्।

टाइगर श्राफ
टाइगर श्राफले फिल्मका लागि ३ करोड भारू पारिश्रमिक लिएका छन्। फिल्ममा उनले पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन्।

अक्षय कुमार
अक्षय कुमारले ‘सिंघम अगेन’ मा केमियो भूमिका निर्वाह गरेका छन्। उनले फिल्मको लागि २० करोड भारू पारिश्रमिक लिएका छन्।

रणवीर सिंह 
फिल्म ‘सिंघम अगेन’ मा रणवीर सिंहले पनि केमियो भूमिका निर्वाह गरेका छन्। फिल्मका लागि उनले १० करोड भारू पारिश्रमिक लिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend