logo
  • शनिबार, असोज १७ २०८३

गिता एभिएसनले आयोजना गरेको फुटसलमा हिमालय एयरलाइन्सको जित


  • पब्लिक सूचना
  • सोमबार, असोज २१ २०८१

गिता एभिएसनले आयोजना गरेको ‘एभिएसन फुटसल टुर्नामेन्ट’मा हिमालय एयरलाइन्सले जित हासिल गरेको छ।

शनिबार आयोजित फुटसल खेलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, एयर नाइनेष्टी हेली सर्भिस, सौर्य एयरलाइन्स, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन प्राधिकरण र नेपाल आर्मीका प्रतिनिधिहरू सहभागि थिए।

नेपालको एभिएसनलाई उत्प्रेरणा जगाउन र एयरलाइन्सबीच पारस्पारिक सम्बन्ध बनाउन कम्पनीले पहिलो पटक फुटसल कार्यक्रमको आयोजना हो।

खेलको सुरूवात नेपाली फिल्म ‘ज्वाइ जाब’का टीम जितु नेपाल, नीति शाह, बुद्धी तामाङ, हिमेश पन्त र गिता एभिएसनबीच भएको थियो।

८ वटा समूहबीच भएको फुटसलमा हिमालय एयरलाइन्सका प्रतिनिधिले जीत हासिल गरेको छ।

जसमा उनीहरूले दुई लाख रूपैयाँ पुरस्कार पाएको गिता एभिएसनले जनाएको छ।

साथै हिमालय एयरलाइन्ससँग प्रतिस्पर्धा गरेको नेपाल आर्मी फस्ट रनर अप भएको छ। नेपाल आर्मीले पनि एक लाख रूपैयाँ पाएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend