logo
  • आइतबार, असोज १८ २०८३

दाउन्नेको सडक फेरि भासियो, यातायात अवरुद्ध


  • पब्लिक सूचना
  • शनिबार, असोज १९ २०८१

नवलपुर, असोज १८ गते। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो। सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराले जानकारी दिनुभयो।

उहाँका अनुसार २० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको छ। पटक पटक सडक भासिदा दसैँ मान्न घर फर्कदै गरेका यात्रु मर्कामा परेका छन्। प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend