पब्लिक सूचना
आर्सनलले च्याम्पियन लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
घरेलु मैदानमा मंगलवार आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २- ० ले पराजित गरेको हो ।
आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले समान १ गोल गरे । हावर्ट्जले २०औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । साकाले ३५औं मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए।

दुई खेलमा आर्सनलले ४ अंक जोडेको छ। समान खेल खेलेको पिएसजी भने ३ अंक छ । पिएसजीले पहिलो खेलमा स्पेनिस क्लब जिरोनालाई पराजित गरेको थियो ।
आर्सनल पहिलो खेलमा इटलीको एटलान्टासँग बराबरीमा रोकिएको थियो ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend