logo
  • शनिबार, असोज १७ २०८३

एक सातादेखि बेपत्ता गैरेको खोजी गर्न परिवारको आग्रह

नुनथरमा बेपत्ता ,खोजिकाय जारी


  • दिपेश घिमिरे
  • सोमबार, जेष्ठ २९ २०८०

रौतहटको चन्द्रनिगाहपुरबाट एक युवती बेपत्ता भएकी छिन् । चन्द्रपुर नगरपालिका वडा नंबर ४ की १८ वर्षीया गंगा गैरे बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

गत जेठ २३ गते घरबाट हिँडेकी गैरे बेपत्ता भएको उनको दाजु जीवन गैरेले जानकारी दिए । चन्द्रपुर ४ स्थित रहेको दुर्गा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत गंगा सोही दिन बिहान ११ बजे घरबाट निस्किएको र साझ अबेर सम्म पनि घर नफर्किएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका छन् । गैरे परिवार स्रोतका अनुसार जुम्लिएका दुई दिदी बहिनी गंगा र जमुना मध्य दिदी गंगा बेपत्ता भएकी हुन् । अघिल्लो दिन सोमबार साथीहरुसँग घुम्न नुन्थर पुगेकी गंगा भोलिपल्ट मंगलबार देखि बेपत्ता भएकी हुँदा उनको अवस्था पत्ता लगाउन गैरे परिवारले प्रशासन समक्ष आग्रह गरेका छन् ।

प्रहरीका अनुसार आफन्तले दिएको निवेदनको आधारमा बेपत्ता युवतीको खोजतलास भइरहेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend