logo
  • शनिबार, असोज १७ २०८३

हालको बढी र पहिरोले क्षति पुर्‍याएका पुल र सडक पूर्ण स्थापना गर्न दुई अर्ब लाग्ने


  • पब्लिक सूचना
  • मंगलबार, असोज १५ २०८१

बाढीपहिरोका कारण क्षति पुगेका सडक तथा पुल पुनःनिर्माणका लागि दुई अर्ब ५२ करोड रूपैयाँ लाग्ने भएको छ। पाँच वटा पुल र विभिन्न सडकमा क्षति पुगेको सडक विभागले जनाएको छ।

विभागका अनुसार हाल विभिन्न १४ वटा राजमार्गका ४२ स्थानमा यातायात अवरूद्ध छ।

अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र कालीगण्डकी करिडोर लगायत सडक अवरूद्ध छन्।

बाढी तथा पहिरोका कारण क्षति पुगेका पुलहरू सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सिङटार, अरनिको राजमार्ग लिपिङ पुल, र इलाम माइपोखरी सडकको रातेखोला पुल हुन्। त्यस्तै, लार्चा र हेवा खोला गरी दुइटा बेलिब्रिजमा क्षति पुगेको छ।

२१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको र यो मर्मतका लागि एक अर्ब ५० करोड लागत लाग्ने विभागले जनाएको छ।
दुइटा २०० मिटर बेलिब्रिजमा क्षति भएको छ। यो निर्माणका लागि २० करोड लागत लाग्ने उल्लेख छ।

४१० मिटर पुलमा क्षति पुगेको र निर्माणका लागि ८२ करोड लागत लाग्ने विभागको भनाइ छ। सडक तथा पुल पुनः निर्माणका लागि कुल दुई अर्ब ५२ करोड रूपैयाँ लागत लाग्ने अनुमान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend