logo
  • शनिबार, असोज १७ २०८३

खानीखोला पहिरोमा गाडीसँगै पुरिएका ९ जनाको पहिचान खुल्यो


  • पब्लिक सूचना
  • आइतबार, असोज १३ २०८१

बुटवलबाट काठमाण्डौ जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ।

गत शुक्रवार बिहान बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए। पहिरोमा शुक्रवार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिवार साँझ मात्रै फेला परेको थियो।

उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

खानीखोला गाउँपालिकाकाे सिक्रे दोभानमा पहिरो : ६ जना बेपत्ता, एकको मृत्यु |  SouryaOnline

मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन्। उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन। त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। गाडीमा हराइरहेकाका आफन्तहरु सम्पर्कमा आउने क्रममा रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समुहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो। प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो।

खानीखोला ५ सिक्रेदोभानमा बाढी र पहिरो, एकै परिवारका एकको मृत्यु ६ बेपत्ता  Media Chok

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सुक्रवार बिहान लु १ ज ४५७८ नम्बरको उक्त जिपमा काठमाण्डौ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरुले नाम नलेखाई समुहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ति मध्ये, बोम, कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend