logo
  • आइतबार, असोज १८ २०८३

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी


  • पब्लिक सूचना
  • बुधबार, असोज ९ २०८१

दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्।

चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।

What's behind the science of thunder and lightning? | whas11.com

उपचारका क्रममा उनको बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए। उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ३ वर्षीय समिरलाई मृत घोषणा गरेका थिए।

आमा र छोरीको अवस्था मध्य रहेको चिकित्सकलाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ। चट्याङले उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend