logo
  • शनिबार, असोज १७ २०८३

कलात्मक र भावनात्मक कथा बोकेको चलचित्र ‘आँखा’ को ट्रेलरलर देखायो


  • पब्लिक सूचना
  • सोमबार, असोज ७ २०८१

आशिष लामिछाने, काठमाडौं। नेपाली चलचित्र ‘आँखा’ को ट्रेलर आइतबार सार्वजनिक भएको छ, जसले दर्शकहरूमाझ कलात्मक र भावनात्मक शैलीमा कथा भन्ने प्रयासको चर्चा पाएको छ। लामा सिनेमाजको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ।

झन्डै साढे दुई मिनेट लामो ट्रेलरमा सुकुम्बासी बस्तीको जीवनशैली र संघर्षलाई प्रमुख विषयवस्तु बनाइएको छ। निर्देशक जौन योन्जनले चलचित्रलाई कलात्मक ढंगले प्रस्तुत गर्दै स्मिता लामिछाने र आरके मेहताको उत्कृष्ट अभिनयलाई केन्द्रमा राखेका छन्।

फिल्मको कथा बागमती नदी किनारमा बसोबास गर्ने सम्पत्तिविहीन दम्पतीको जीवन सङ्घर्षलाई चित्रण गर्दै, उनीहरूको कठिन जीवनयापन र भावनात्मक अवस्था प्रस्तुत गरिएको छ।

चलचित्रमा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई लगायतका कलाकारहरूको समेत दमदार अभिनय देख्न सकिन्छ।

निर्देशक जौन योन्जनले कथा र पटकथा लेखनसँगै सम्पादनको जिम्मेवारी पनि सम्हालेका छन्। नारायणप्रसाद बराल कार्यकारी निर्माता हुन् भने दीपक आरजे र जयन जे वाइबाले सङ्गीत भरेका छन्।

कलात्मक र यथार्थपरक कथावस्तुको कारण ‘आँखा’ले दर्शकहरूलाई भावनात्मक रूपमा जोड्ने विश्वास गरिएको छ।

 

ट्रेलर:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend