logo
  • शनिबार, असोज १७ २०८३

सुनको मूल्य एकैदिन १७ सय बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार


  • पब्लिक सूचना
  • आइतबार, असोज ६ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हासम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । सो दिन एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend