प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको ८ जना सवार जीप दुर्घटनामा परेको छ । दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाकै मृत्यु भएको छ।
चालकसहित जीपमा रहेका सबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको थियो तर उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख (डिएसपी) सुवास खड्काले लोकपथलाई जानकारी दिए । जीपमा २ पुरुष, २ महिला र ४ जना बालबालिका रहेका थिए ।
लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नपा-४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend