logo
  • आइतबार, असोज १८ २०८३

‘शाम्बाला’ आधिकारिकरुपमा अस्कर अवार्डमा सिफारिस


  • पब्लिक सूचना
  • शनिबार, असोज ५ २०८१

काठमाडौं । ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।

आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र अस्करका सबै मापदण्ड यो फिल्मबाट पुग्ने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण प्रस्तुति तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरि अवार्डका लागि शाम्बालालाई छनोट गरिएको छ ।’

९७ औं अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ अहिले नेपाली हलमा प्रदर्शन भैरहेको छ ।

फिल्मले पहिलो साता डेढकरोड हाराहारीमा ग्रस कलेक्सन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend