logo
  • शनिबार, असोज १७ २०८३

‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • बिहिबार, असोज ३ २०८१

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गीतलाई ‘ब्रेकअप सङ’ नाम दिइएको छ।

यसको भिडिओमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीसँगै मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी पनि फिचर्ड छन्। गीतमा स्वर बाबुल गिरीको छ। शब्द, संगीत र एरेन्ज पनि उनकै हो।

गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई दर्शाइएको छ। भिडिओका कोरियोग्राफर गम्भीर विष्ट हुन्।

‘छक्कापञ्जा ५’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। असोज २४ अर्थात दसैंको फूलपातिमा फिल्म रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend