logo
  • शनिबार, असोज १७ २०८३

भोलिदेखि धरहरा खुल्दै


  • पब्लिक सूचना
  • बुधबार, असोज २ २०८१

काठमाडौँ । संविधान दिवसको अवसरमा भोलि (बिहीबार)देखि धरहरा सर्वसाधारणको लागि खुला गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुन लागेको हो ।

२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend