logo
  • शनिबार, असोज १७ २०८३

गुरुङ फिल्म एसोसिएसनको अध्यक्षमा राजबहादुर निर्वाचित


  • पब्लिक सूचना
  • मंगलबार, असोज १ २०८१

काठमाडौं । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) निर्वाचित भएका छन् । पोखरामा सम्पन्न संस्थाको १६ औं वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय अधिवेशनमा उनी सर्वसम्मत अध्यक्ष चुनिए ।

उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसअनुसार प्रथम उपाध्यक्षमा अर्जुन गुरुङ, द्वितीय उपाध्यक्षमा कुविना गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ (लवसन), सचिवमा टेकमान गुरुङ, कोषाध्यक्षमा इन्द्रमाया गुरुङ छन् ।

साथै, महिला विभाग प्रमुखमा सपना गुरुङ, प्राविधिक विभाग प्रमुखमा राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुखमा खेम गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा रक्षा गुरुङ निर्वाचित भए ।

सदस्यहरुमा भुपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, टेकबहादुर गुरुङ, आशिष गुरुङ, विराज गुरुङ, नवीन गुरुङ, पिटर गुरुङ, धर्मराज घले, तारजंग गुरुङ, केशबहादुर गुरुङ, गंगाबहादुर गुरुङ र अञ्जु गुरुङ चयन भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend