logo
  • शनिबार, असोज १७ २०८३

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४२ जना घाइते


  • पब्लिक सूचना
  • सोमबार, भाद्र ३१ २०८१

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार मध्यराति निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सडकमा ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा ४३ जना घाइते भएका थिए। घाइतेहरूमध्ये ८ जनालाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मृतक दाङ गढवा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चेतन राय यादव छन्।

बाँकी ३५ जनाको निजगढ प्रसूति अस्पताल र सिटी अस्पतालमा उपचार भइरहेको छ।

डिएसपी सापकोटाका अनुसार विराटनगरबाट दाङ जाँदै गरेको बसको अगाडि पट्टा झरेपछि अनियन्त्रित भएर पल्टिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend