पब्लिक सूचना
बलिउड एक्सन हिरोमा अजय देवगनको नाम सामेल छ।
उनले कमेडी जनरामा पनि आफ्नो छुट्टै स्थान बनाएका छन्। अब उनी आगामी फिल्म ‘रेड २’ मा देखिने भएका छन्।
सन् २०१८ मा राजकुमार गुप्ताको निर्देशनमा बनेको फिल्म ‘रेड’ रिलिज भएको थियो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शले ‘रेड २’ को रिलिज डेट र कास्टको खुलासा गरेका छन्।
फिल्ममा अजय आईआरएस अफिसर अमय पटनायकको भूमिकामा देखिनेछन्। यसको सिक्वेललाई पनि राजकुमार गुप्ताले नै निर्देशन गर्नेछन्। फिल्ममा रितेश देशमुख, वाणी कपूर र रजत कपूरको पनि मुख्य भूमिका हुनेछ।
‘रेड’ जस्तै ‘रेड २’ पनि आयकर विभागको छापामारीमा आधारित हुनेछ। फिल्मको छायांकन लखनऊ र दिल्लीमा हुनेछ।
‘रेड २’ सन् २०२५ फेब्रुअरी २१ मा रिलिज गर्ने बताइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend