logo
  • आइतबार, असोज १८ २०८३

तोलामा एक सयले घट्यो सुनको मूल्य


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र २७ २०८१

काठमाडौँ,  भदौ २७ गते ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु. १५ ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार सात सय ९५ निर्धारण भएको छ ।   रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend