logo
  • आइतबार, असोज १८ २०८३

युरोप पठाउँछु भनी ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २६ २०८१

काठमाडौँ / कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ ।

सूर्यमानले विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत त्यही अनुसार हुने भन्दै ठगी गर्ने गरेको सीआईबीले जनाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend