logo
  • शनिबार, असोज १७ २०८३

भोटभटेनीले टाँडीमा बनाउन लाग्यो देशकै ठूलो सुपरस्टोर, सिनेमाहलसहितको सुविधा हुने


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २६ २०८१

काठमाडौं । भाटभटेनी सुपस्टोरले चितवनको टाँडीमा देशकै ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ ।

उक्त सुपरस्टोरका भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार पूजा गरी उक्त सुपरस्टोरको शिलान्यास गरेका हुन् । डेढ अर्ब लगानीमा निर्माण हुने यो स्टोर दुई वटा भवनमा निर्माण हुने र तीन लाख २२ हजार वर्गफिट ठूलो हुने गुरुङले बताएका छन् ।

भाटभटेनीको टाँडी निर्माण हुने यो सुपरस्टोर २८औं हो । यसअघि उक्त कम्पनीले पोखरामा पनि यस्तो स्टोर निर्माणको शुभारम्भ गरेको थियो । चार विघा क्षेत्रफलमा बन्ने नयाँ भवनमा भूमिगत पार्किङदेखि बैंकको शाखा, फुडकोर्ट, सिनेमाहलसम्मको सुविधा हुनेछ ।

टाँडी पर्यटकीय क्षेत्र सौराहा जाने नाका पनि हो । भाटभटेनीले सौराहा आउने पर्यटकका साथै तीब्र शहरीकरण हुँदै गएको टाँडी क्षेत्रलाई लक्षित गरी सुपरस्टोर खोल्न लागेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend