logo
  • आइतबार, असोज १८ २०८३

सविन श्रेष्ठको स्वरमा गीत ‘माया’ सार्वजनिक


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं । सविन श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘माया’ बोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सविनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ । प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ । सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ । दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतले भनेको छ ।

गीतको भिडियो पनि निर्माण गरिएको छ । संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

दिमेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend