logo
  • आइतबार, असोज १८ २०८३

असोज १४ गतेदेखि महिला भलिबल लिग


  • पब्लिक सूचना
  • आइतबार, भाद्र ९ २०८१

९ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । काठमाडौं दशरथ रंगशालास्थित कभर्ड हलमा हुने खेलबारे आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल भलिबल संघसँगको परामर्श र स्वीकृतिमा प्रतियोगिताको मिति तय गरिएको आयोजक इन्फिनिटी ड्रिम्सले जानकारी दिएको छ । महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोली सहभागी हुँदैछन् ।

‘लिगको तयारी तीव्र गतिमा भइरहेको छ, जसमा ईडब्लूभीएल र यसका ६ प्रतिष्ठित फ्रेन्चाइजहरू भलिबल समुदायका लागि अभूतपूर्व अनुभव सिर्जना गर्न अथक मेहनत गरिरहेका छन्’, आयोजकले भनेको छ, ‘यो पहल मात्र एक खेलकुद प्रतियोगिता नभएर, नेपालमा महिला खेलाडीहरूलाई सशक्तिकरण गर्ने र हाम्रो राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने एक महत्वपूर्ण कदम हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend